Wednesday, 24 November 2010

गजल

कोहि आउदै छरे  छिट्टै  लिन  मलाई .
बाबा आमा  तयार  छन  दिन  मलाई .<१ >

समपन्न छरे  सु खी राख अरे धेरै..
खै!खुसि नदि गर्ने होकि हिन मलाई.<२> 

कुण्डली मिल्न बाकी छरे भन्ने सुनेकी
हजुर कै याद आउछ छिनछिन मलाई.<३ >

उ जुनीमा बाचा को संग भाको छ मेरो ?
हजुर ब्यर्थ मौन.. लाग्छ किन मलाई <४>

माग्नुस न मेरो हात मेरो घर आइ
लगाउनुसन मायाको ऋण मलाई  <५>