Thursday, 11 November 2010
गजल
जिन्दगी भर अमर दिप जलिरहोस हर प्रहरमा
उल्लास बोकी कोहि आउन त्यो बस्ति शहरमा
लक्ष्मी माता दाहिना हुन् घरको सृगार चेली पनि
रक्षेक बनि भाइ उभिनु सेवकको लहरमा
मिलनले सिमा रेखा भित्रै घर बनाइ दियोस
हजुरको निम्ति अमृत होस् जुनसुकै जहरमा
मखमली सयपत्री गोदावरी जस्तै गरि फुल्नु
दिर्घायु सागर बनोस बाध्यताको नहरमा
गजल
भगवान ! भाग्य यो के लेख्यौ केर्न मात्रैमेरो खुसि बलि चढाए त्यो खुसि हेर्न मात्रै
ठगि रहेछौ यसरी मलाई पलपलमा किन प्रहार आक्रमणको धार सेर्न मात्रै
न समाल्न पाए खुसि आर्जेको आफैले पनि
म रहेछु बिबसताको पासो बेर्न मात्रै
पूजा मेरो मर्माहित छ आस्ता ढलेकोले अब बाकी के के छ अझै मैले टेर्न मात्रै
नहार्ने म हारी रहे जित्न छोडेर युग उसैका लागि बाकी अब यो जुनी फेर्न मात्रै
Subscribe to:
Comments (Atom)