Thursday, 11 November 2010

गजल

 भगवान ! भाग्य यो के लेख्यौ केर्न मात्रै
मेरो खुसि बलि चढाए त्यो खुसि हेर्न मात्रै 


ठगि रहेछौ यसरी मलाई पलपलमा 
किन प्रहार आक्रमणको धार सेर्न मात्रै 


न समाल्न पाए खुसि आर्जेको आफैले पनि

म रहेछु बिबसताको पासो बेर्न मात्रै 


पूजा मेरो मर्माहित छ आस्ता ढलेकोले 
अब बाकी के के छ अझै मैले टेर्न मात्रै 

 
नहार्ने म हारी रहे जित्न छोडेर युग 
उसैका लागि बाकी अब यो जुनी फेर्न मात्रै



No comments:

Post a Comment